माछापुच्छ्रे बैंकले बिक्रीमा ल्याएको साढे ५९ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणले पनि किन्न सक्ने « Arthapath.com
११ चैत्र २०८०, आईतवार

माछापुच्छ्रे बैंकले बिक्रीमा ल्याएको साढे ५९ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणले पनि किन्न सक्ने



काठमाडौं । माछापुच्छ्रे बैंकले साढे ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक दीपक राज दलीले आफ्नो नाममा रहेको ५९ हजार ६५६ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

उक्त सेयर खरिद गर्न जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । तर, उक्त सेयरको बिक्री मूल्य भने तोकिएको छैन ।

बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएर बिक्रीमा ल्याएको थियो । तर, सो अवधिमा सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (चैत ११ गते) बाट ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा आवेदन बुझाउन सक्नेछन् । उक्त सेयर के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्