निरन्तर घटीरहेको सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने झन् घट्यो « Arthapath.com
१३ चैत्र २०८०, मंगलवार

निरन्तर घटीरहेको सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने झन् घट्यो



काठमाडौं । निरन्तर घटीरहेको सेयर बजारमा सुधार आएको छ । मंगलबार बजार दोहोरो अंकले बढेको हो ।

उक्त दिन बजार १०.१४ अंकले बढेको छ । आज बजार परिसूचक २०४१ दशमलव ७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ। उक्त दिन फाइनान्स समूह १.१७ अंक, जीवन बीमा समूह १९.२० र व्यापार समूह ४.०२ अंकले घटेको छ। तर, यी बाहेकका सबै समूहहरु बढेका छन् ।

तर, कारोबार रकममा भने गिरावट कायमै छ। आज २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर किनबेच भएको छ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक ९ करोड ३१ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, आज सोनापुर मिनिरल्सको ८ करोड ५७ लाख ५२ हजार, जोशी हाइड्रोपावरको पनि ८ करोड २९ लाख र गोर्खाज फाइनान्सको ८ करोड ७ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्