रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम झन् खुम्चियो « Arthapath.com
१९ चैत्र २०८०, सोमबार

रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम झन् खुम्चियो



काठमाडौं । सेयर बजारको गिरावट कायमै छ । सोमबार पनि बजार ७.८९ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन बजार परिसूचक २०१० दशमलव ४४ अंकको बिन्दुमा पुगेर रोकिएको छ ।

आइतबार पनि बजार १७.३० अंकले घटेको थियो । सोमबार होटेल तथा पर्यटन समूह ५९.७६ अंक र व्यापार समूह ५.५१ अंकले वृद्धि भएको छ । यी बाहेकका बैंकिङ्ग, विकास बैंक, जीवन तथा निर्जीवन बीमा समूह, जलविद्युत लगायतका समूहहरु राताम्य बनेका छन् ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ३ अर्ब बढीको कारोबार भएको थियो । तर, आज भने २ अर्ब ८२ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको ७१ लाख ६० हजार २२४ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन पनि सर्वोत्तम सिमेन्टको सर्वाधिक सेयर किनबेच भएको छ। आज कम्पनीको ४७ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, शिवम् सिमेन्टको पनि ११ करोड बढीको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्