सेयर बजार घट्दा पनि यी हुन् उच्च दरमा कमाउने कम्पनीहरु « Arthapath.com
१९ चैत्र २०८०, सोमबार

सेयर बजार घट्दा पनि यी हुन् उच्च दरमा कमाउने कम्पनीहरु



काठमाडौं । साताको दोस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सोमबार गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

उक्त दिन गुराँस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ । यस्तै, माइ खोलाको पनि प्रतिकिा ३९ रुपैयाँ ५० पैसाले बढेर ४३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

उक्त दिन महुली लघुवित्तको सेयर मूल्य ९.४४ प्रतिशत र तारागाउँ रेजेन्सीको ७.२५ प्रतिशत वृद्धि भएको छ। आज यी कम्पनीहरुसहित प्रभु बैंक डिबेन्चर २०८७ (८.५ प्रतिशत), दोल्ती पावर, सिक्लेस हाइड्रोपावर लगायतका लगानीकर्ता कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्