आज सिंगटी हाईड्रो इर्नजीको लिलामी सयर भर्ने अन्तिम मौका « Arthapath.com
२० चैत्र २०८०, मंगलवार

आज सिंगटी हाईड्रो इर्नजीको लिलामी सयर भर्ने अन्तिम मौका



काठमाडौं । सिंगटी हाईड्रो इर्नजीको सर्वसाधारण तर्फको लिलामी सेयरमा आवेदन आज अन्तिम दिन रहेको छ ।

कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी मार्फत बिक्री ल्याएको हो । उक्त सेयरमा आजसम्म आवेदन दिन सकिने छ ।

सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। आवेदन दिँदा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । तर, अधिकतम संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल शाखाबाट आवेदन दिन सक्नेछन् । यसका सार्थै दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्