को हुन् एकै पटक १३ लाख बढी कित्ता सेयर बेच्न लागेका हिमालयन बैंकका ८ जना संस्थापक सेयरधनी ? « Arthapath.com
२० चैत्र २०८०, मंगलवार

को हुन् एकै पटक १३ लाख बढी कित्ता सेयर बेच्न लागेका हिमालयन बैंकका ८ जना संस्थापक सेयरधनी ?



काठमाडौं । हिमालयन बैंकले १३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना आठ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनी नम्रता श्रेष्ठको नाममा रहेको ७ लाख ५० हजार ३९४ सेयर, प्रकाश तायलको ३ लाख ८ हजार ३४८ कित्ता, इश्वर लाल श्रेष्ठको १ लाख ५ हजार ८०४ कित्ता, गिरेन्द्र मान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता, पुन प्रसाद सुवेदी ३० हजार, नरेश बिक्री सिजापतीको २२ हजार ३१३, तुलसी राम नेपालको ७ हजार ४०९ कित्ता र नारायण श्रेष्ठको ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

उक्त सेयर खरिदका लागि हिमालयन बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिलेि ३५ दिनभित्र दिनुपर्नेछ ।

आवेदन केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्ने बैंकले जनाएको छ।

सेयरहरुको बिक्री मूल्य भने बिक्रेताअनुसार फरक–फरक रहेको बैंकले जनाएको छ। त्यसका लागि मूल्य सम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने छ।

तोकिएको उक्त अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेको खण्डमा भने अन्य बिक्री प्रक्रिया अर्थात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्