आज सिद्धार्थ प्रिमियरको पौने ३ लाख कित्ता सेयर लिलामी भर्ने अन्तिम मौका « Arthapath.com
२० चैत्र २०८०, मंगलवार

आज सिद्धार्थ प्रिमियरको पौने ३ लाख कित्ता सेयर लिलामी भर्ने अन्तिम मौका



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बिक्रीमा ल्याएको पौने ३ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयरमा आजसम्म आवेदन दिन सकिने छ । कम्पनीले चैत १३ गतेदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

उक्त लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघ/सस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । सो सेयरको न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ । क्यापिटललको कार्याललय ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्