लक्ष्मी सनराइज बैंकको १ करोड ५१ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।