सेयर बजारमा निरन्तर गिरावट « Arthapath.com
२० चैत्र २०८०, मंगलवार

सेयर बजारमा निरन्तर गिरावट



काठमाडौं । सेयर बजारको गिरावट कायमै छ । मंगलबार पनि बजार झिनो अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन बजार १.८५ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २०१० दशमलव २१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र व्यापार समूह वृद्धि भएका छन् । तर, यी बाहेकका सबै समूह भने घटेको छ ।

आज कारोबार रकममा घटेको छ । आज १ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँ बराबरको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर किनबेच भएको हो ।

उक्त दिन गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १४ करोड ९८ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस्तै, उक्त दिन सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख २८ हजार रुपैयाँ, तारागाउँ रेजेन्सीको ७ करोड ४८ लाख १३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्