सेयर बजारमा निरन्तर गिरावट: कसले कमाए, कसले गुमाए ? « Arthapath.com
२१ चैत्र २०८०, बुधबार

सेयर बजारमा निरन्तर गिरावट: कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएको छ। बुधवार पनि बजार ३.४३ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६ दशलवम ७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। उक्त दिन चार वटा उपसमूह मात्रै बढेका छन् । त्यसबाहेकका अन्य सबै समूहहरु राताम्य बनेछन् ।

आज जीवन बीमा समूह ५१.६० अंक, माइक्रोफाइनान्स समूह ६४.५५ अंक र म्युचुअल फन्ड ०.०७ अंकले वृद्धि भएको छ । तर, बैंकिङ्ग, विकास बैंक, होटेल तथा पर्यटन , जलविद्युत लगायतका समूहरु राताम्य बनेका हुन् ।

आज कारोबार रकममा भने केही सुधार देखिएको छ। मंगलबार २ अर्ब २९ करोड बढीको सेयर किनबेच भएको थियो ।तर, आज भने बढेर २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ। बुधवार कुल ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच भएको हो ।

उक्त दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको सर्वाधिक २५ करोड ८० लाख ५९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बुधवार कम्पनीले आफ्ना सेयरधनीलाई बम्बर लाभांश दिने घोषणा गरेको छ । कम्पनीले यो वर्ष १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश दिने भएको छ । आकर्षक लाभांश दिने घोषणा गरेपछि कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।

कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको सर्बोत्तम सिमन्टको १२ करोड ६७ लाख ८५ हजार बराबरको सेयर किनबेच भएको छ । यस्तै, गोर्खाज फाइनान्सको पनि ११ करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

कसले कमाए, कसले गुमाए ?

आज लघुवित्त कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । अधिकांश लघुवित्त कम्पनीहरुको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ।

साताको चौंथो कारोबार दिन गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सो दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता १६३ रुपैयाँ ३० पैसा बढेर १ हजार ७९६ रुपैयाँ ८० पैसा कायम भएको छ ।

यस्तै, विन नेपाल लघुवित्तको सेयर मूल्य पनि ९.९७ प्रतिशत, मानुषी लघुवित्तको ९.९१ प्रतिशत, गणपतिको ८.३९ प्रतिशत बढेको छ। उक्त दिन यी कम्पनीहरुसहित सृजनाशील लघुवित्त, सर्पोट लघुवित्त, सूर्यज्योति लाइफ, साधाना लघुवित्त लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

तर, रिभर फल्स पावर, मन्दाकिनी, बोतर्स नेपाल (तराई) लगायतका लगानीकर्ताले भने गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्