साना किसान विकास लघुवित्त ४७ लाख ४७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२१ चैत्र २०८०, बुधबार

साना किसान विकास लघुवित्त ४७ लाख ४७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
बुधवार कम्पनीको ४७ लाख ४७ हजार ५५५ दशमलव ९४१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्