रिलायवल नेपाल लाइफको १६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२१ चैत्र २०८०, बुधबार

रिलायवल नेपाल लाइफको १६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ६४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गरेको १६ प्रतिशत बोनस सेयर बुधवार नेप्सेमा सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्