नरोकिएको सेयर बजारको ओरालो यात्रा « Arthapath.com
२२ चैत्र २०८०, बिहीबार

नरोकिएको सेयर बजारको ओरालो यात्रा



काठमाडौं। साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । बजार लगातर पाँचौं दिन घटेको हो ।बिहीबार पनि बजार सामान्य २.७३ अंकले घटेको छ ।

उक्त दिन बजार परिसूचक २ हजार ४ दशमलव शून्य ५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । पाँच वटा समूह हरियाली बनेका छन् भने त्यस बाहेकका अन्य सबै सूमह राताम्य बनेका छन् ।

उक्त दिन फाइनान्स समूह ६.०६ अंक, होटेल तथा पर्यटन ८६.२२ अंक, माइक्रोफाइनान्स ९४.९६ अंक, निर्जीवन बीमा २९.३८ अंक र व्यापार समूह ३.२१ अंकले वृद्धि भएको छ । यी बाहेकका बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा समूह घटेका छन् ।

बिहीबार कारोबार रकममा भने केही सुधार देखिएको छ। आज ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँ बराबरको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन गोखार्ज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ। सो दिन कम्पनीको २३ करोड ३२ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस्तै, शिवम् सिमेन्टको १८ करोड ३८ लाख ६७ हजार र सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्