आजदेखि एचआइडीसीएलको १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री खुला, कति र कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२५ चैत्र २०८०, आईतवार

आजदेखि एचआइडीसीएलको १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री खुला, कति र कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को डेढ करोड बढी कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ ।

कम्पनीले आज अर्थात चैत २५ गते आइतबारदेखि संस्थापक समूह तर्फको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सकिने कम्पनीले जनाएको छ। न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । आगामी वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याको लागि भने हद तोकिएको छैन ।

कम्पनीका अनुसार बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँ बानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्