थप एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२५ चैत्र २०८०, आईतवार

थप एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार मन्दाकिनी हाइड्रोपावर कम्पनीको २ लाख ७९ हजार ३१७ दशमलव ५३ कित्ता बोनस सेयर सचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको बोनस सेयर नेप्सेमा सूचीकृरण गराएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्