सेयर बजारमा सुधार: कारोबार रकम पनि बढ्यो, सूर्यज्योति लाइफसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
२७ चैत्र २०८०, मंगलवार

सेयर बजारमा सुधार: कारोबार रकम पनि बढ्यो, सूर्यज्योति लाइफसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । सेयर बजारमा सुधार आएको छ । साताको दोस्रो कारोबार दिन बजार ६.०५ अंकले बढेको हो । साताको पहिलो कारोबार दिन अर्थात गत आइतबार पनि २२ अंकले बढेको थियो । अहिले बजार सुधारको बाटोमा देखिएको छ ।

मंगलबार बजार परिसूचक २०३२ दशमलव ८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज होटेल तथा पर्यटन समूह ३५.८१ अंक, उत्पादन तथा प्रशोधन समूह १००.५३ अंक, माइक्रोफाइनान्स ५६.७५ अंकले घटेको छ । यी बाहेका अन्य समूहरु हरियाली बनेका छन् ।

आज कारोबार रकममा भने बढोत्तरी देखिएको छ । उक्त दिन ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर किनबेच भएको हो ।

मंगलबार पनि सूर्यज्योति लाइफमा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको सर्वाधिक १८ करोड ९८ लाख १० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यस्तै, गोर्खाज फाइनान्स १६ करोड ५ लाख, हिमालयन रिको १५ करोड ४५ लाख, नेपाल फाइनान्सको १५ करोड ३६ लाख र पोखरा फाइनान्सको १० करोड ४६ लाख बढी सेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया दिनुहोस्