अरुण भ्याली हाइड्रोपावर लिलामी सेयर बाँडफाँट

काठमाडौं । लिलामी मार्फत बिक्रीमा ल्याएको अरुण भ्याली हाइड्रोपावरको सेयर मंगलबार बाँडफँट भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले १९ लाख ९२ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।
न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर प्राप्त गरेका छन् । कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।