प्रभु महालक्ष्मीको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले झन्डै २६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान तथा अन्य संस्थापकहरुले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि आजैका मिति (जेठ २ गते) ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा आवेदन दिन सक्नेछन् । आफूले खरिद गर्ने सेयरको व्योहोरा खुलाई आवेदन दिनपर्नेछ । उक्त सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ ।
तोकिएको उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।