चार कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, यी हुन् आज सर्वाधिक कमाउनेहरु

काठमाडौं । बुधवार बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ। सो दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ३४ रुपैयाँ ८० पैसा वृद्धि भएको हो । योसँगै आज कम्पनीको सेयर मूल्य ३८३ रुपैयाँ २० पैसा कायम भएको छ ।
यस्तै, उक्त दिन कुमारी बैंकको ऋणपत्र (११ प्रतिशत केबिएल डिबेन्चर २०८९) को सेयर मूल्य ८.६६ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ८.३२ प्रतिशत र सिद्धार्थ बैंकको ऋणपत्र (१०.२५ प्रतिशत एसविएल डिवेन्चर २०८३) को ८.१३ प्रतिशत वृद्धि भएको छ ।
आज यी कम्पनीहरु सहित एनआइसी एशिया लघुवित्त, सिभिल बैंक ऋणपत्र २०८८, गणपत्री लघुवित्त, जानकी फाइनान्स लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।

