दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज उच्च दरमा कमाउने दर्जन कम्पनीहरु « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज उच्च दरमा कमाउने दर्जन कम्पनीहरु



काठमाडौं । आइतबार सेयर बजारमा उछाल आएको छ । झन्डै ५३ अंकले बढेको बजारमा अधिकांश कम्पनीहरुको सेयर मूल्यमा बढोत्तरी देखिएको छ ।

साताको पहिलो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । उक्त दिन रिडी पावर र मान्डू हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

आज रिडी पावरको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँ ७० पैसा र मान्डूको प्रतिकित्ता १२३ रुपैयाा ४० पैसा बढेर क्रमशः १८३ रुपैयाँ ७० पैसा र १ हजार ३५७ रुपैयाँ ४० पैसा पुगेको छ ।

यस्तै, हिमाल दोलखाको सेयर मूल्य पनि ९.९३ प्रतिशत, अरुण भ्यालीको ९.३७ अंक, जानकी फाइनान्सको ९.१६, नेशनल हाइड्रोपावरको ८.७१, सिटिजन्स म्युचुअल फन्डको ८.७१ प्रतिशत, अपर स्याङ्ेको ८.४९, सामलिङ पावरको ८.२३, गणपति लघुवित्तको ८.१४ प्रतिशत बढेको छ ।

आज यी सहित अरुण कबेली पावर, एनआइबिएल ग्रोथ फन्ड, घलेम्दी, हिमालयन डिस्टीलरी, अपि पावर, प्राइम कमर्सियल बैंक, अपर सोलु हाइड्रो, अपर तामाकोशी, कुमारी बैंक लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्