अपर तामाकोशी सहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कति कित्ता बिक्री भयो सेयर ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन साढे ८ अर्ब बढी सेयर कारोबार भएो छ। सोमबार ८ अर्ब ७३ करोड १३ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
बजार दोहोरो अंक ( १७.१८ अंक) ले घटेको छ । सोमबार बजार परिसूचक २ हजार २४० दशमलव ४१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बजार घट्दा पनि कारोबार रकमले भने साथ दिएको छ । आज कुल २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच भएको छ।
उक्त दिन अपरतामाकोशीसहित ६ कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। ती कम्पनीहरुको १५ अर्ब माथिको कारोबार भएको हो । उक्त दिन अपर तामाकोशीको सबैभन्दा धेरै ३७ करोड ८ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । नेप्सेका अनुसार आज कम्पनीको २१ लाख ७४ हजार ७२८ कित्ता सेयर किनबेच भएको छ। कम्पनीको सेयर मूल्य भने आज प्रतिकित्ता १७६ रुपैयाँ ७० पैसा कायम भएको छ ।
कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को २१ करोड ९८ लाख ९७ हजार रुपैयाँ बराबरको ९ लाख ८४ हजार १९९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कारोबार रकमको आधारमा तेस्रो सूचीमा जानकी फाइनान्स कम्पनी छ । सो कम्पनीको पनि १९ करेड १५ लाख ४६ हजार रुपैयाँ बराबरको २ लाख ५६ हजार ६५८ कित्ता सेयर खरिदबिक्री भएको हो । आज कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ७४२ रुपैयाँ ५० पैसा छ।
यस्तै, आज ङादी ग्रुप पावरको पनि १७ करोड ७८ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख २४ हजार १३९ लाख कित्ता, सिइडीवी हाइड्रोपावरको १६ करोड ६२ लाख ५२ हजार बराबरको १ लाख ४१ हजार ८८९ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ४२ लाख ८६ हजार बराबरको २ लाख १६ हजार ५८५ कित्ता सेयर किनबेच भएको हो ।
यस्तै, सोमबार हिमालयन डिस्टीलरीको १३ करोड ४१ लाख ८० हजार, हिमालयन रिइन्स्योरेन्सको १३ करोड २० लाख १९ हजार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १२ करोड ८७ लाख, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ६९ लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका छन् ।
यता, अपि पावरको ११ करोड ७३ लाख ९३ हजार, हिमाल दोलखाको ११ करोड २८ लाख ९७ हजार र नेपाल फाइनान्सको १० करोड ४६ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

