एकदिनको करेक्सनपछि फेरि उकालो लाग्यो सेयर बजार « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

एकदिनको करेक्सनपछि फेरि उकालो लाग्यो सेयर बजार



काठमाडौं । एकदिन करेक्सनपछि सेयर बजार उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बजार उच्च दोहोरो अंकले बढेको हो ।

बिहीबार बजार ३२ अंकले बढेको छ । सो दिन बजार परिसूचक २ हजार ५६८ दशमलव ११ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार भने बजार २७ दशमलव ३२ अंकले घटेर २ हजार ५३६ दशलव ११ अंकको बिन्दुमा पुगेर बन्द भएको थियो ।

आज विकास बैंक समूह १७.९५ अंक, जलविद्युत समूह ३.२७ अंक, अन्य समूह ६.३२ अंक र लगानी समूह ०.६८ अंकले घटेको छ । यी बाहेकका अन्य समूहहरु भने हरियाली बनेका छन् ।

आज कारोबार रकममा भने गिरावट आएको छ । उक्त दिन १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ । तर, बुधवार भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

उक्त दिन सानिमा जिआईसी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ३४ करोड १७ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स २४ करेड ६४ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, शिवम सिमेन्टको २३ करोड ७२ लाख ३५ हजार, फस्र्ट माइक्रो फाइनान्स लघुवित्तको २३ करोड ५९ लाख १३ हजार र हिमालयन रिइन्स्योरेन्स २० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्