बैंकिङ्ग समूहमा उछालः सबै बैंकको सेयर भाउ उच्च दरमा बढ्यो, कुन बैंकका लगानीकर्ताले कति कमाए ? « Arthapath.com
१३ श्रावण २०८१, आईतवार

बैंकिङ्ग समूहमा उछालः सबै बैंकको सेयर भाउ उच्च दरमा बढ्यो, कुन बैंकका लगानीकर्ताले कति कमाए ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ११३.४२ अंकले बढेको छ ।

उक्त दिन बजार परिसूचक २ हजार ६८१.५६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बजार ४.४१ प्रतिशतले बढेको हो ।
उक्त दिन सबैभन्दा धेरै बैंकिङ्ग समूहमा उछाल आएको छ । उक्त दिन बैंकिङ्ग समुह ९.८९ प्रतिशत बढेको छ । आज १४१.७६ अंकले बढेको हो ।

अधिकांश बैंकहरुको सेयर मूल्यमा उछाल आएको छ । १२ वटा बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । अन्यको पनि सर्किट लेभलमा बढोत्तरी देखिएको छ ।

आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता २१ रुपैयाँ ९० पैसा बढेर २४० रुपैयाँ ९० पैसा कायम भएको छ। नेपाल एसबिआईको पनि १० प्रतिशत अर्थात् प्रतिकित्ता ४१ रुपैयाँ बढेर ४५१, सानिमा बैंकको ३२ रुपैयाँ ५० पैसा, एनएमबिको २५ रुपैयाँ बढेर २७५ रुपैयाँ, प्रभुको १९ रुपैयाँ ९० पैसा बढेर २१८ रुपैयाँ ९० पैसा, ग्लोबल आइएमईको २३ रुपैयाँ ९० पैसा बढेर २५८ रुपैयाँ ५० पैसा, सिटिजन्सको २३ रुपैयाँ बढेर २५३ रुपैयाँ, प्राइम बैंकको २६.९० रुपैयाँ बढेर २९५.९० रुपैयाँ, कृषि विकास बैंकको ३५.२० रुपैयाँ बढेर ३८७.२० रुपैयाँ, नेपाल बैंकको २६.८० रुपैयाँ बढेर २९४.८० रुपैयाँ पुगेको छ । यी बैंकहरुको सेयर मूल्य आज १० प्रतिशत बढेको हो ।

यस्तै, एभरेष्ट बैंक, लक्ष्मी सनराइज, कुमारी बैंकको सेयर मूल्य ९.९९ प्रतिशत बढेका छन् । यता, एनआइसी एशियाको ९.९८ प्रतिशत, नबिलको ९.९८ प्रतिशत, हिमालयन बैंकको ९.९८, माछापुच्छ्रेको ९.९७ प्रतिशत, सिद्धार्थको ९.९७ र स्ट्याण्डर्ड चार्टर्डको ८.३० प्रतिशत बढेको छ।


प्रतिक्रिया दिनुहोस्