कुमारी र एनआइसी एशिया बैंकसहित दर्जन कम्पनीमा झुम्मिए लगानीकर्ता,कसको कति बिक्यो सेयर ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ११३.४२ अंकले बढेको छ ।
उक्त दिन बजार परिसूचक २ हजार ६८१.५६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बजार ४.४१ प्रतिशतले बढेको हो । आज १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर खरिदबिक्री भएको छ ।
आइतबार कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको ३६ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । आज बैंकको कुल १७ लाख ६ हजार ५८२ कित्ता सेयर खरिदबिक्री भएको छ । उक्त दिन बैंकको सेयर मूल्य पनि ९.९९ प्रतिशत बढेर २१२ रुपेयाँ ४० पैसा कायम भएको छ ।
यस्तै, आज एनआइसी एशिया बैंकको सेयरमा पनि लगानीकर्ता झुम्मिएका छन् । आज बैंकको ३४ करोड ८१ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज बैंकको कुल ६ लाख ४२ हजार १३९ कित्ता सेयर किनबेच भएको हो । आज बैंकको सेयर मूल्य पनि ९.९८ प्रतिशत बढेर ५५२ रुपैयाँ कायम भएको छ।
कारोबार रकमको आधारमा तेस्रो सूचीमा रहेको हिमालयन रिन्स्योरेन्सको पनि ३२ करोड २५ लाख ९१ हजार रुपैयाँ बराबरको ४ लाख ८४ हजार १ कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस्तै, शिवम सिमेन्टको पनि ३२ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार २७६ कित्ता, हाथवे इन्भेष्टमेन्ट नेपालको २७ करोड ९७ लाख ७ हजार, प्राइम बैंकको २७ करोड ५८ लाख, सिइडीबी हाइड्रोपावरको २५ करोड ८२ लाख, ग्लोबल आइएमईको २५ करोड ६९ लाख, कृषि विकास बैंकको २५ कारेड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।


