सेयर बजारको उछालले म्युचुअल फन्डमा फर्किएको रौनक: लगानीसँगै न्याभमा व्यापक सुधार, कसले कति कमाए नाफा ? « Arthapath.com
१६ असार २०८२, सोमबार

सेयर बजारको उछालले म्युचुअल फन्डमा फर्किएको रौनक: लगानीसँगै न्याभमा व्यापक सुधार, कसले कति कमाए नाफा ?



काठमाडौं । म्युचुअल फन्डहरुको वित्तीय अवस्थामा व्यापाक सुधार देखिएको छ । सेयर बजारमा आएको बढोत्तरीले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरुको वित्तीय अवस्थमा सकरात्मक प्रगति देखिएको छ ।

हाल संचालनमा रहेका ४३ वटा फन्डहरुले सार्वजनिक गरेको गत असार महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । असारमा महिनमा फन्डहरुको नाफा, प्रति इकाई खुद सम्पत्ति (न्याभ) र लगानीमा सुधार आएको छ ।

असारमा सबै फन्डहरुको न्याभ बढेको छ । औसत न्याभ पनि १० रुपैयाँ तल झरिसकेको अवस्था थियो । तर, असारमा भने फन्डहरुको न्याभमा पनि व्यापक सुधार देखिएको छ। यता, गत जेठमा नोक्सानीमा रहेका फन्डहरुको नाफा पनि धनात्मक देखिएको छ । यस्तै, सेयर बजारमा लगानी पनि ५.२० प्रतिशत बढाएका छन् । फन्डहरुले एकै महिनामा डेढ अर्ब लगानी थपेका छन् । समग्रमा नाफा पनि ३.७८ गुणा बढाएका छन् ।

सेयर बजारमा आएको उछालले नै फन्डहरुको वित्तीय प्रगति देखिएको छ । असार दोस्रो साताअघिसम्म बजारमा निकै उतारचढाव देखिएको छ । बजार नबढ्दा फन्डहरुको नाफा, न्याभमा घटेको थियो । अधिकांश फन्डहरुले नोक्सानी व्यहोरेको थिए । सेयर बजार बढ्दा फन्डहरूको न्याभ पनि बढ्ने गर्छ, घट्दा घट्ने गर्दछ ।

‘कांग्रेस-एमाले’को नयाँ सरकार गठन भएसँगै सेयर बजारमा लयमा फर्किएको छ । नकै लामो समयदेखि सुस्त बजार नयाँ केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएसँगै एकाएक उत्साहमय बनेको छ । लामो समयदेखि निराश लगानीर्ताको आत्मबल पनि बढ्दै गएको छ । बजारमा देखिएको उत्साहले म्युचुअल फन्डहरु सूचकहरुमा व्यापाक सुधार देखिएको हो ।

एकै महिना फन्डहरुले सेयर बजारमा थपे डेढ अर्ब, कसले कति ?

फन्डहरुले एकै महिनामा डेढ अर्ब रुपैयाँ लगानी सेयर बजारमा थपेका छन् । गत जेठमा फन्डहरुको कुल ३१ अर्ब ८३ करोड ७६ लाख २२ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए । तर, एक महिनामा थप १ अर्ब ६५ करोड अर्थात् ५.२० प्रतिशत बढाएका छन् । असारमा आइपुग्दा फन्डहरुको सेयर बजारमा ३३ अर्ब ४९ करोड ४६ लाख १४ हजार रुपैयाँ लगानी गरेका छन् ।

बजारमा आठ वटा फन्डहरुको लगानी अर्ब माथि देखिएको छ । सबैभन्दा धेरै लगानी एनआइवीएल सहभागिता फन्डको १ अर्ब ९० करोड २४ लाख २७ हजार रहेको छ । दोस्रो सूचीमा रहेको एनएमबि सरल बचत फन्ड इको १ अर्ब ७९ करोड १४ लाख रुपैयाँ लगानी रहेको छ।

यता, सिद्धार्थ इक्विटी फन्डले १ अर्ब २८ करोड ८४ लाख, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-दोस्रोले १ अर्ब २५ करोड १८ लाख ६३ हजार, एनएमबि ५० को १ अर्ब १५ करोड ७१ लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले १ अर्ब ४ करोड ४ लाख, सनराइज ब्लुचिव फन्डले १ अअर्ब १ अर्ब २ करोड १३ लाख र प्रभु सेलेक्ट फन्डले १ अर्ब ५८ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् ।

समिक्षा अवधिमा एनआइसी एशिया ग्रोथ फन्ड-२ (२६.०९), कुमारी सवल योजना (२०.४१ प्रतिशत), एनआइबिएल स्टेल फन्ड (१७.९५ प्रतिशत), सनराइज ब्लुचिप लगायतका फन्डहरुको उच्च दरमा लगानी बढाएका छन् ।

नाफामा व्यापाक सुधार, कसले कति कमाए ?

असारमा महिनामा फन्डहरुको नाफा व्यापाक बढेको छ । औसतमा नाफा २७८.९० प्रतिशत बढेको देखिन्छ। जेठ महिनामा समग्रमा ४३ वटा फन्डहरुले ७४ करोड ९० लाख रुपैयाँ मात्रै नाफा कमाए थिए । तर, असारमा भने अर्ब ८३ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् । जेठमा नोक्सानीमा रहेको अधिकांश फन्डहरुमा पनि नाफा छन् । जेठमा एक दर्जन फन्डहरु घाटामा थिए । तर, असारमा २ वटा फन्डहरु मात्रै नोक्सानीमा देखिएको छ।

असारमा पनि सबैभन्दा धेरै नाफा प्रभु सेलेक्ट फन्डले नै कमाएको छ । गत जेठको तुलनाम सो फन्डको नाफा ५२.६० प्रतिशत बढाएर १८ करोड १४ लाख रुपैयाँ पुर्याएको छ।

यस्तै, एनआइविएल सहभागिता फन्डको नाफा पनि २५४.४६ प्रतिशत बढेर १४ करोड ८५ लाख पुगेको छ । यता, कुमारी धनवृद्धि योजनाले पनि १२ करोड, एनआइसी एशिया ग्रोथ फन्डले ११ करोड ७९ लाख, एनएमबि सुभल इन्भेष्टमेन्ट फन्ड-दोस्रो ११ करोड ६९ लाख, हिमालयन ८०-२० ले १० करोड ९२ लाख र एनएमबि ५० ले १० करोड ७८ लाख रुपैयाँ नाफा कमाएका छन्।

यता, लक्ष्मी उन्नती कोष र सनराइज ब्लुचिप फन्डले पनि नोक्सानी घटाएर क्रमशः ८८ लाख ५३ हजार र ५ करोड ५९ लाख ८८ हजार रुपैयाँ कायम गरेका छन् ।

सबै फन्डको न्याभ बढ्यो, कसको कति पुग्यो ?

समिक्षा महिनामा सबै फन्डहरुको न्याभ बढेको छ । अधिकांशको न्याभ १० रुपैयाँ माथि छ ।

गत जेठमा ११ रुपैयाँ ६२ पैसा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-दोस्रोको न्याभ बढेर १२ रुपैयाँ २२ पैसा कायम भएको छ । यो नै सर्वाधिक हो ।

असारमा १७ वटा फन्डहरुको न्याभ ११ रुपैयाँ माथि छन भने २० वटा फन्डको न्याभ १० रुपैयाँ माथि देखिएको छ । असारमा सबैभन्दा कम न्याभ मेगा म्युचुअल फन्ड-१को ९ रुपैयाँ २८ पैसा कायम भएको छ।

अन्य कुनको कति ?


प्रतिक्रिया दिनुहोस्