बीमामा लगानीकर्ताको आकर्षण : सन नेपाल बाहेक २३ वटाको सेयर भाउ बढ्यो, प्रतिकित्ता कुनको कति ?

काठमाडौं । बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। मंगलबार जीवन तथा निर्जीवन बीमामा लगानीकर्ता आकर्षित भएका छन् ।
आज निर्जीवन बीमा ४.७८ प्रतिशत वृद्धि भएको छ । सो दिन निर्जीवन बीमा समूह ६४९.८७ अंकले वृद्धि भएको हो । यता, जीवन बीमा समूह पनि २.२५ प्रतिशत वृद्धि भएको छ । आज जीवन बीमा समूह ३१३.१० अंकले बढेको छ ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १२–१२ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरु सूचीकृत छन् । सूचीकृत सबै निर्जीवन बीमा कम्पनीहरुको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको १० प्रतिशत वृद्धि भएको छ । सकरात्मक सर्किट लागेपछि एनएलजीको सेयर मूल्य प्रतिकित्ता ११५ रुपैयाँ ५० पैसा बढेर १ हजार २७० रुपैयाँ ५० पैसा कायम भएको छ ।
यस्तै, मंगलबार नेपाल इन्स्योरेन्सको सेयर मूल्य पनि ७.७९ प्रतिशत वृद्धि भई प्रतिकित्ता ३ हजार ५१८ रुपैयाँ ८० पैसा कायम भएको छ । निर्जीवन बीमा यो दोस्रो महँगो मूल्य हो ।
यस्तै, प्रभु इन्स्योरेन्सको सेयर मूल्य ६.१५ प्रतिशत, शिखरको ५.२५, आइजीआई प्रुडेन्सियलको ४.८३ र युनाईटेड अजोडको सेयर मूल्य ४.१३ प्रतिशत वृद्धि भएको छ। योसँगै यी कम्पनीहरुको सेयर मूल्य क्रमशः १ हजार ७१ रुपैयाँ, ९६३ रुपैयाँ, ६७३ र ७३७ रुपैयाँ कायम भएको छ ।
यता, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ३.८४ प्रतिशत, सानिमा जिआईसीको ३.७६ प्रतिशत, सलिकोको ३.७, सिद्धार्थ प्रिमियरको ३.५८, नेको ३.५ र हिमालयन एभरेष्टको ३.३८ प्रतिशत वृद्धि भएको छ ।

सन नेपाल नेपाल बाहेक सबै जीवन बीमा समूहको सेयर मूल्य बढ्यो
साताको तेस्रो कारोबार दिन सन नेपाल लाइफ बाहेकका सबै जीवन बीमा समूहको सेयर मूल्य वृद्धि भएको छ ।
सन नेपाल लाइफको सेयर मूल्य सामान्य ०.१५ प्रतिशत घटेको छ । तर, आज जीवन बीमा मध्ये सबैभन्दा धेरै सानिमा रिलायन्सको सेयर मूल्य ८.०७ प्रतिशत वृद्धि भएको छ।
यस्तै, प्रभ महालक्ष्मी लाइफको सेयर मूल्य ३.२७ प्रतिशत, एलआइसी नेपालको ३.०९, एशियन लाइफको ३.०६, हिमालयन लाइफको २.७७, आइएमई लाइफको २.४७, सिटिजन लाइफको २.३८ प्रतिशत वृद्धि भएको छ।
यता, नेशनल लाइफको सेयर मूल्य पनि १.५३ प्रतिशत, सूर्यज्योति लाइफको १.५१ प्रतिशत, रिलायवल नेपाल लाइफको १.१२ प्रतिशत र नेपाल लाइफको १.०३ प्रतिशत वृद्धि भएको छ।
