सेयर बजारको गिरावट कायमै, निरन्तर खुम्चिँदै कारोबार रकम « Arthapath.com
२५ भाद्र २०८१, मंगलवार

सेयर बजारको गिरावट कायमै, निरन्तर खुम्चिँदै कारोबार रकम



काठमाडौं। सेयर बजारको गिरावट कायमै रहेको छ । मंगलबार बजार पनि दोहोरो अंकले घटेको छ ।

मंगलबार बजार १६.८३ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६२९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन व्यापार समूह २९.४९ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै सम्पूर्ण समूहहरु राताम्य बनेका छन् ।

उक्त दिन पनि कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार ७ अर्ब २० करोड ३२ लाख २६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन एचआइडीसीएलको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २९ करोड ८१ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख ३९ हजार, सिइडीबी हाइड्रोपावरको २० करोड ३४ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्