सेयर बजारः आज कसले गुमाए, कसले कमाए ? « Arthapath.com
२६ भाद्र २०८१, बुधबार

सेयर बजारः आज कसले गुमाए, कसले कमाए ?



काठमाडौं । बुधवार विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको हो ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँ ५० पैसा बढेर २ हजार ४०३३ रुपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, बुधवार थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.४८ प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैयाँ बढेको छ । योसँगै कम्पनीको सेयर भाउ १ हजार १५५ रुपैयाँ कायम भएको छ ।

उक्त दिन समाज लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त, सीइडीबी हाइड्रोपावर, माइखोला हाइड्रोपावरका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।

तर, एशियन हाइड्रोपावर लगायतका धेरै कम्पनीहरुले गुमाएका छन् । आज एशियन हाइड्रोपावरको सेयर मूल्य ६.८८ प्रतिशत घटेको छ ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२६ प्रतिशत, एलआइसी नेपालको ४.८१ प्रतिशत, मनाकमना इन्जिनियरिको ४.६७ र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य पनि ४.३१ प्रतिशत घटेको छ ।

आज यी कम्पनीहरुसहित कुमारी सबल योजना, एनआइबिएल ग्रोथ फन्ड, त्रिशुली जलविद्युत कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्