सेयर बजारको ओरालो यात्रामा लाग्यो ब्रेक, एकाएक फर्कियो रौनकता « Arthapath.com
२७ भाद्र २०८१, बिहीबार

सेयर बजारको ओरालो यात्रामा लाग्यो ब्रेक, एकाएक फर्कियो रौनकता



काठमाडौं । लगातार ६ दिन घटेको सेयर बजारमा ब्रेक लागेको छ । साताको अन्तिम कारोबार दिन बजारमा उछाल आएको हो ।

अघिल्लो बिहीबारदेखि नै बजार निरन्तर घटी रहेको थियो । लगातर ६ दिनको गिरावटपछि बजारमा एकाएक रौनकता छाएको छ ।

बिहीबार बजार ७८.१७ अंकले बढेको छ । आज बजार परिसूचक २ हजार ६८८.३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन म्युचुअल फन्ड बाहेकका सबै समूहहरु हरियाली बनेका छन् । उक्त दिन जलविद्युत समूह ३४.२४ प्रतिशत, जीवन बीमा समूह ३.४६ अन्य इन्डेक्स ३.८२ प्रतिशत वृद्धि भएको छ ।

उक्त दिन कारोबार रकम पनि बढेको छ । बुधवार ७ अर्ब बराबरको कारोबार भएको थियो । तर, आज ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

उक्त दिन सीईडीबी हाइड्रोपावर कम्पनीको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको ४७ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, हिमालयन रिइन्स्योरेन्सको पनि २४ करोड ४८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्