यी हुन् आज उच्च दरमा सेयर भाउ घटेका कम्पनीहरु, कसले कति गुमाए ? « Arthapath.com
३० भाद्र २०८१, आईतवार

यी हुन् आज उच्च दरमा सेयर भाउ घटेका कम्पनीहरु, कसले कति गुमाए ?



काठमाडौं । आइतबार थ्रिस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता १०३.९० रुपैयाँ घटेको छ । योसँगै आज कम्पनीको सेयर भाउ प्रतिकित्ता ९३५.६० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.४० प्रतिशत अर्थात् प्रतिकित्ता २७.९० रुपैयाँ घटेर २६९ रुपैयाँ कायम भएको छ।

यस्तै, आज सीइडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.१५ प्रतिशत, इमर्जिङ्ग नेपालको ७.१२ प्रतिशत, नेपाल वेयरहाउजिङ्गको ७.१० प्रतिशत, हाथवेको ६.८१ प्रतिशत, उपकार लघुवित्तको ६.३४ प्रतिशत घटेको छ । यी कम्पनीहरुसहित आज नेपाल फाइनान्स, गुडवील फाइनान्स लगायतका लगानीकर्ताले उच्च दरमा गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्