सेयर बजारमा उच्च गिरावट, २६ सय तल झर्यो परिसूचक, खुम्चियो कारोबार रकम
काठमाडौं । सेयर बजारको गिरावट कायमै देखिएको छ । साताको दोस्रो कारोबार दिन पनि बजारमा भारी गिरावट आएको छ ।
आइतबार पनि बजार ५०.७३ अंकले घटेको थियो । १.८८ प्रतिशत घटेर बजार परिसूचक २ हजार ६३७.७९ अंकको बिन्दुमा बन्द भएको थियो ।
सोमबार पनि बजार ५७.०३ अंकले घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार ५८०.७६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु राताम्य बनेका छन् ।
बजारसँगै आज कारोबार रकम पनि खुम्चिएको छ । आइतबार १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । तर, आज भने ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ७० ल ाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच भएको छ।
सोमबार पनि सीइडीबी हाइड्रोपावर कम्पनीको सेयर लगानीकर्ता झुम्म्एिका छन् । आज कम्पनीको ३१ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको सानिमा रिलायन्स लाइफको पनि २७क रोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, नेपाल फाइनान्सको २० करोड ९० लाख ६९ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।