सेयर बजार बढ्दा पनि खुम्चियो कारोबार
काठमाडौं । आज (सोमबार) सेयर बजार बढेको छ । निरन्तर ओरालो लागेको सेयर बजार बढ्दा लगानीकर्ताहरूले थोरै भए पनि राहत महसुस गरेका छन् ।
यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा उक्लिएको छ ।
कारोबार अवधिभर ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज म्युचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । यस दिन फाइनान्स समहूमा लगानीकर्ता आकर्षित देखिएका छन् ।
सेयर बजार बढ्द २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको सेयर मूल्य घटेको छ ।
यस दिन सीईडीबी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबारमा कम्पनी नै अगाडि देखिएको छ । यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, आज प्रभु सेलेक्ट फन्डको शेयर मुल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।