सेयर बजारमा उछाल : नेप्सेसँगै बढ्यो कारोबार, फाइनान्समा झुम्मिए लगानीकर्ता
काठमाडौं । मंगलबार पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । मंगलबार सेयर बजारमा उछाल देखिएको छ ।
आज सेयर बजार मापक नेप्से परिसूचक ४.५७ प्रतिशत अर्थात् ११४.७० अंकले बढेको छ । यो सँगै नेप्से २६२३.५६ बिन्दुमा उक्लिएको छ ।
मंगलबार कारोबार रकम समेत बढेको छ । यस दिन ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार २४३ कम्पनीको सेयर मूल्य बढेका छन् । आज युनिलिभर नेपालको भने सेयर मूल्य घटेको छ ।
आज नेप्सेमा सूचीकृत १३ वटै उपसमूहमा हरियाली छाएको छ । फाइनान्स समूहमा ९.७४ पप्रतिशतको बढोत्तरी देखिएको छ ।
सेयर बजार बढ्दा करिब २ दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ । जसमा अधिकांश फाइनान्स कम्पनी छन् ।
बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर तथा पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढेको छ ।
आज ३०७ स्टकको एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर खरिदबिक्री भएको छ।