सेयर बजारको उछाल एकदिन पनि टिकेन, कारोबार रकम पनि खुम्चियो « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सेयर बजारको उछाल एकदिन पनि टिकेन, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । सेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन । मंगलबार ११४.७० अंकले वृद्धि भएको थियो । तर, बुधवार भने २६.०७ अंकले घटेको छ ।

आज बजार परिसूचक २ हजार ५९७.४९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह ५४.४६ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूह राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । हिजो ७ अर्ब बढीको कारोबार भएको थियो । तर, आज घटेर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । आज १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर किनबेच भएको हो ।

उक्त दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ ।आज कम्पनीको २० करोड ७१ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको हिमालयन रिइन्स्योरेन्सको पनि १७ करोड ३१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यस्तै, गुडविल फाइनान्सको १५ रकोड ९६ लाख, नेपाल बैंकको १५ करोड २७ लाख, शिवम सिमेन्टको १३ करोड ७५ लाख र सीइडीबीको १३ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्