दशैंको मुखैमा यी कम्पनीका लगानीकर्ता भए मालामाल, प्रतिकित्ता कसले कति कमाए ?
काठमाडौं । साताको पहिलो कारोबार दिन न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्कित लागेको छ ।
आज कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ३०.५० रुपैयाँ वृद्धि भएको हो । योसँगै कम्पनीको सेयर भाउ आइतबार प्रतिकित्ता ३३५.६० रुपैयाँ पुगेको छ ।
उक्त दिन मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य पनि ९.७६ प्रतिशत अर्थात् प्रतिकित्ता ३२ रुपैयाँ वृद्धि भई ३६० रुपैयाँ कायम भएको छ । यता, इस्टर्न हाइड्रोपावरको सेयर मूल्य पनि ९.६८ प्रतिशत (प्रतिकित्ता ८८ रुपैयाँ) वृद्धि भई ९९७ रुपैयाँ पुगेको छ ।
यस्तै, गुडविल फाइनान्सको सेयर भाउ पनि ९.२७ प्रतिशत अर्थात् प्रतिकित्ता ९२ रुपैयाँ वृद्धि भई १ हजार ८४ रुपैयाँ कायम भएको छ । यता, सिनर्जी पावरको सेयर मूल्य पनि ८.१४ प्रतिशत अर्थात् प्रतिकित्ता २४ रुपैयाँ बढेर ३१९ रुपैयाँ कायम भएको छ ।
त्यसैगरि आज समृद्धि फाइनान्सको सेयर मूल्य पनि ७.९२ प्रतिशत, नेपाल फाइनान्स ७.७० प्रतिशत, बेष्ट फाइनान्सको ७.६२, साहस उर्जाको ७.४७, प्रोग्रेसिभको ७.३५ र रिलायन्स फाइनान्सको ७.११ प्रतिशत वृद्धि भएको छ ।
आज यी कम्पनीसहित सिन्धु विकास बैंक, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट, मञ्जुश्री, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।