सेयर बजारमा गिरावट : सबै सूचक राताम्य, कारोबार साढे ४ अर्बमा सीमित
काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २७.३९ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २६६३.३२ बिन्दुमा झरेको छ ।
मंगलबार ३०० वटा कम्पनीहरुको एक करोड कित्ता सेयर खरिद–बिक्री हुदाँ ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन २०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३५ कम्पनीको सेयर मूल्य बढेको छ । यसदिन सबै सूचक राताम्य बनेको छ ।
आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । बुटवल पावर, माण्डु हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य बढेका छन् ।
त्यस्तै, इष्टन हाइड्रोपावर, बुद्धभुमि हाइड्रोपावर, नेपाल फाइनान्स, बोटलर्स नेपाल, कालिन्चोक दर्शन लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा भने एनएलजी इन्स्योरेन्सको सर्वाधिक २७ करोड १७ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।