दशैँबिदापछिको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली, ३ अर्ब माथिको कारोबार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

दशैँबिदापछिको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली, ३ अर्ब माथिको कारोबार



काठमाडौं । दशैँ बिदाको अघिल्लो दिन सामान्य बढेको सेयर बजार दशैँ बिदापछि खुल्दा पनि बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत कुल १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ ।

मंगलबार २०५ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर छ ।

यस दिन जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् मल्टीपपर्स फाइनान्स, समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स आईसीएफसी फाइनान्स लगायत कम्पनीका लगानीकर्ताले पनि यस दिन नाफा कमाएका छन् ।

यता, मिड सोलु हाइड्रोपावर, अपार स्यांगे हाइड्रो, युनाइटेड मोदी, सिक्लेस हाइड्रो, युनिलिभर नेपाल लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

आज गुडवील फाइनान्स, हिमालयन रि-इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर लगायत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्