उच्च अंकले बढ्यो सेयर बजार, सबै सूचकमा हरियाली « Arthapath.com
३० आश्विन २०८१, बुधबार

उच्च अंकले बढ्यो सेयर बजार, सबै सूचकमा हरियाली



काठमाडौं  । आज (बुधबार) पनि सेयर बजारमा हरियाली छाएको छ। यसदिन सेयर बजार मापक नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा पुगेको छ ।

बुधबार कारोबार रकम समेत उल्लेख्य बढेको छ । आज ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार अवधिभर ३२० कम्पनीको एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर खरिदबिक्री भयो।

यस दिन २०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

१३ वटै सूचकमा हरियाली छाउँदा व्यापार समूहमा लगानीकर्ता झुम्मिएका छन् ।

समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त, सगरमाथा जलविद्युत, विजय लघुवित्त, इन्वा हाइड्रो लगायत कमपनिको सेयर मूल्य बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल फाइनान्स अग्रस्थानमा रह्यो । कम्पनीको १५ करोड ९ लाख ५० हजार रुपैयाँको कारोबार भयो ।  हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४ लाख, एनआईसी एशिया बैंकको १४ करोड ७५ लाख, गुडविल फाइनान्सको १३ करोड २० लाख र हाईड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीको १३ करोड १३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

अपर सांगे हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो ।


प्रतिक्रिया दिनुहोस्