झिनो अंकले बढ्यो सेयर बजार, ७ अर्बमाथिको कारोबार « Arthapath.com
१ कार्तिक २०८१, बिहीबार

झिनो अंकले बढ्यो सेयर बजार, ७ अर्बमाथिको कारोबार



काठमाडौं । सेयर बजारको उकालो यात्राले आज (बिहीबार) पनि निरन्तरता पाएको छ । आज सेयर बजार झिनो अंकले बढेको हो हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकम पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३१६ कम्पनीको एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर किनबेच भयो ।

आज कुल १३ उपसूचक मध्ये ७ सूचक बढेका छन् भने ६ सूचक घटेका छन् ।

आज अधिकांश कम्पनीको सेयर मूल्य घटेका छन् । १४२ कम्पनीको सेयर मूल्य घट्दा ८९ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको मूल्य स्थिर छ ।

आज गुडवील फाइनान्स, एनआईसी एशिया सेलेक्ट फन्ड ३०, नबिल ब्यालेन्स फन्ड-३, रावा इनर्जी, पोखरा फाइनान्स, हिमालयन लघुवित्त लगायत कम्पनीको मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्