सेयर बजारको उकालो यात्रामा ब्रेक : नेप्से ४७ अंकले घट्दा ८ अर्ब नाघ्यो कारोबार « Arthapath.com
४ कार्तिक २०८१, आईतवार

सेयर बजारको उकालो यात्रामा ब्रेक : नेप्से ४७ अंकले घट्दा ८ अर्ब नाघ्यो कारोबार



काठमाडौं । दशैँपछि लगातार बढेको बजार आज (आइतबार) घटेको छ । आज सेयर बजारमा उच्च गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा ओर्लिएको छ ।

कारोबार अवधिभर ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा बढेको छ ।

यस दिन सबै सूचक राताम्य बनेको छ । यसदिन फाइनान्स समूहमा सर्वाधिक गिरावट देखिएको छ ।

१८ कम्पनीको मात्र मूल्य बढ्दा २२६ कम्पनीको मूल्य घटेको छ ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै इष्टर्न हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा भने गुडवील फाइनान्स अग्रस्थानमा छ । कम्पनीको ४५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्