आज क–कसले कमाए सर्वाधिक ? « Arthapath.com
६ कार्तिक २०८१, मंगलवार

आज क–कसले कमाए सर्वाधिक ?



काठमाडौं । मंगलबार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त दिन रावा इनर्जीसहित कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

साताको तेस्रो कारोबार दिन रावा इनर्जीको सेयर मूल्य ८.८६ प्रतिशत अर्थात् प्रतिकित्ता ७० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज कम्पनीको सेयर भाउ ८६० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनीको सेयर भाउ पनि ७.८२ प्रतिशत वृद्धि भएको छ । आज कम्पनीको सेयर भाउ प्रतिकित्ता २९ रुपैयाँ बढेर ४०० रुपैयाँ कायम भएको छ ।

यता, थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्यमा ६.३६ प्रतिशत, माहुली लघुवित्तको ६.१० प्रतिशत, मैलुङ खोला जलविद्युतको ६.०९ प्रतिशत वृद्धि भएको छ।

आज यी कम्पनीसहित कर्पोरेट डेभलपमेन्ट बैंक, पाँचथर पावर, लिवर्टी इनर्जी लगायतका लगानीकर्ताले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्