सेयर बजारको ओरालो यात्रामा ब्रेक, सबै सूचक हरियाली
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उकालो लागेको छ । गत बुधबारदेखि निरन्तर ओरालो लागेको बजारमा आज २७.४१ अंकको वृद्धि देखिएको हो। यो सँगै सेयर बजार मापक परिसूचक २६४५.३६ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर ३०७ कम्पनीको एक करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा सूचीकृत १३ वटै परिसूचकमा हरियाली छाएको छ ।
यस दिन २१३ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ । २ कम्पनीको भने स्थिर छ । आज जानकी फाइनान्स र दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी, रिभर फल्स पावर, मेन्छीयाम हाइड्रोपावर, माया खोला हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।
यता पिपुल्स हाइड्रोपावर, कालिन्चोक दर्शन, समृद्धि फाइनान्स, वीन नेपाल लघुवित्त नेपाल एबीआई बैंक लगायत कम्पनीको सेयर मूल्य घटेका छन् ।
कारोबार रकमको आधारमा भने नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।