दुई दिन लगातार बढेको सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो « Arthapath.com
२७ कार्तिक २०८१, मंगलवार

दुई दिन लगातार बढेको सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । लगातर दुई बढेको सेयर बजारमा गिरावट आएको छ । आइतबार र सोमबार दोहोरो अंकले वृद्धि भएको थियो । तर, आज भने ११.२४ अंकले घटेको छ ।

साताको तेस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७४८.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार फाइनान्स समूह ४०.३५ अंक, निर्जीवन बीमा समूह १८.१५ अंक र व्यापार समूह १३.०८ अंकको बढेको छन् । यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।

उक्त दिन बजारसँगै कारोबार रकम पनि गिरावट आएको छ । सोमबार ११ अर्ब बढीको सेयर कारोबार भएको थियो । तर, आज ७ अर्ब ७० करोड १६ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । उक्त दिन १ करोड ६५ लाख ५८ हजार २५९ कित्ता सेयर किनबेच भएको हो ।

उक्त दिन गुडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २९ करोड २८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको हो ।

यस्तै, बेष्ट फाइनान्सको २९ करोड २५ लाख ६९ हजार, आँखुखोला जलविद्युतको २५ करोड ५९ लाख ४७ हजार, जानकी फाइनान्सको २० करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।


प्रतिक्रिया दिनुहोस्