यी हुन् उच्च दरमा कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

काठमाडौं । आइतबार तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
उक्त दिन उन्नती सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवा खोलाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । आज यी कम्पनीहरुको सेयर भाउ १० प्रतिशत वृद्धि भएको छ । योसँगै आइतबार यी तीनै वटा कम्पनीहरुको सेयर मूल्य क्रमशः १ हजार ७७४.३० रुपैयाँ, २ हजार ४४.९० रुपैयाँ र ६४४.९० रुपैयाँ पुगेको छ ।
यस्तै, उक्त दिन मान्डु हाइड्रोपावरको सेयर मूल्य पनि ९.७१ प्रतिशत, बाराही हाइड्रोपावरको ९.२९, जनउत्थान सामुदायिक लघुवित्तको ८.९६, भगवती हाइड्रोपावरको ८.४३, ङादी ग्रुप पावरको ८.३५ प्रतिशत वृद्धि भएको छ ।
आज यी कम्पनीहरुसहित नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, भुगोल इनर्जी, मिड सोलु, नेपाल रिपब्लिक मिडिया लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।

