नवनियुक्त बोर्ड अध्यक्षलाई सेयर बजारको हरियो कार्पेट, बजारसँगै कारोबार रकम पनि उकालो « Arthapath.com
१२ मंसिर २०८१, बुधबार

नवनियुक्त बोर्ड अध्यक्षलाई सेयर बजारको हरियो कार्पेट, बजारसँगै कारोबार रकम पनि उकालो



काठमाडौं । साताको चौंथो कारोबार पनि सेयर बजार उच्च अंकले वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डका नवनियुक्ति अध्यक्षलाई सेयर बजारले सकरात्मक स्वागत गरेको छ ।

११ महिनासम्म रिक्त रहेको अध्यक्ष पदमा सन्तोषण नारायण श्रेष्ठ नियुक्ति भएका छन् । श्रेष्ठले आजैदेखि कार्यभार सम्हालेका छन् । उनले कार्यभार सम्हालेकै दिन बजार उच्च अंकले वृद्धि भएको छ ।

पदभार ग्रहण गर्दै उनले बजारको सकरात्मक दिगाी विकासका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । निकै लामो समयदेखि नेतृत्व विहिन बनेको सेबोनले पूर्णता पाएसँगै लगानीकर्ता उत्साहित छन् । लगानीकर्ताको मनोबल बलियो भएसँगै बजारमा बढोत्तरी देखिएको हो ।

बुधवार पनि बजार ३८.८१ अंकले वृद्धि भएको छ ।

उक्त दिन बजार परिसूचक २ हजार ७५५.४७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूहमा पहिरो गएको छ । उक्त दिन सो समूह १७.६४ अंकले घटेको छ । यी बाहेकका अन्य समूह भने हरियाली बनेका छन् ।

उक्त दिन विकास बैंक समूह ३.१८ प्रतिशत, जीवन बीमा समुह २.८१ प्रतिशत, व्यापार समूह ९.२७ प्रतिशत प्रतिशत वृद्धि भएको छ ।

बजारसँगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । तर, आज बढेर ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ । आज १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३४ करोड १ लाख १२ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ।

यस्तै, आजै लाभांश घोषणा गरेको एनआरएन इन्फ्रास्ट्रक्चरको पनि ३३ करोड १६ लाख ३९ हजार रुपैयाँ बराबरको सेय किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्