सेयर बजारको गिरावट कायमै
काठमाडौं । सेयर बजारको गिरावट कायमै छ । साताको अन्तिम कारोबार दिन पनि बजार उच्च अंकले घटेको छ ।
बिहीबार पनि बजार ३१.४३ अंकले घटेको छ । आज बजार परिसूचक २ हजार ५९६.८२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार पनि बजार ५.६० अंकले घटेको थियो ।
आज सबै समूहहरु राताम्य बनेका छन् । बुधवारको तुलनाका कारोबार रकम भने केही बढेको छ । आज ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रुपैयाँ बराबरको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच भएको हो । बुधवार ४ अर्ब २७ करोड बराबरको सेयर किनेबच भएका थियो ।
आज जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ६० लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख बराबरको सेयर किनबेच भएको छ । यस्तै, आज नेपाल फाइनान्सको १० करोड २२ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।