सेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि सुस्ताउँदै « Arthapath.com
७ पुष २०८१, आईतवार

सेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि सुस्ताउँदै



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार ३१.४३ अंकले घटेको थियो । आइतबार पनि बजारको ओरालो यात्रा कायमै देखिएको छ ।

आज बजार १३.५३ अंक घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार ५८३.२९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज जलविद्युत समूह २२.१६ अंक र उत्पादन तथा प्रशोधन समूह १०५.८६ अंक वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि न्यून नै छ । आज ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज रिभर फल्स पावरको सर्वाधक २२ करोड ३ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यता, जानकी फाइनान्सको पनि १२ करोड ९९ लाख ७१ हजार, पिपुल्स पावरको ९ करोड १२ लाख र नेपाल फाइनान्सको ८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्