सेयर बजारमा सामान्य वृद्धि, देखिएन उत्साह

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर पनि सामान्य अंकले बढेको छ । यसदिन बजार मापक परिसूचक नेप्से ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको छ । बजार सामान्य बढे भने उत्साह भने देखिएको छैन । लगानीकर्ताहरू पर्ख र हेरको मनस्थितिमा देखिन्छन् ।
बिहीबार ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भयो । यस दिन ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भएको हो ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ४ उपसूचक हरियो रह्यो भने बाँकी राताम्य बन्यो ।
कारोबारमा आएका मध्ये ७० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
यता, समस्याग्रस्त घोषित कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र जोशी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो ।