सुस्ताउँदै सेयर बजार, आज पनि ३३ अंक घट्यो « Arthapath.com
१६ पुष २०८१, मंगलवार

सुस्ताउँदै सेयर बजार, आज पनि ३३ अंक घट्यो



काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन बजार उच्च दोहोरो अंकले घटेको हो ।

मंगलबार बजार ३६.०८ अंकले घटेर २ हजार ५७६.५० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज अन्य समूह शीर्षक मात्रै १.१९ अंक वृद्धि भएको छ ।

यी बाहेक बैंकिङ, विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन लगायतका सबै समूहहरु राताम्य बनेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही सुधार देखिन्छ । आज ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कुल १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज पनि प्रभू बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको ३५ करोड ९४ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, नेपाल फाइनान्सको पनि १७ करोड ८७ लाख, जानकी फाइनान्सको १४ करोड ४२ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया दिनुहोस्