सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने सुस्त
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सकरात्मक नै देखिएको छ । बिहीबार बजार ४.६३ अंकले वृद्धि भएको छ ।
उक्त दिन बजार परिसूचक २ हजार ५८६.२३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज पनि बैंकिङ्ग समूह २.२१ अंक, माइक्रफाइनान्स समूह १०.४३ अंक, व्यापार समूह ९२.८६ अंक, अन्य समूह ३५.७४ अंक र लगानी समूह ०.३२ अंक घटेको छ ।
यी बाहेकका अन्य समूहहरु भने हरियाली बनेका छन् । विकास बैंक समूह आज १२४.२३ अंकले वृद्धि भएको छ ।
फाइनान्स समूह १२.१२ अंक, होटेल तथा पर्यटन ४४.३८ अंक, जलविद्युत ६३.९२, निर्जीवन बीमा समूह ९५.८७, जीवन बीमा ४६.०८ अंक र उत्पादन तथा प्रशोधन समूह ५३.६७ अंक वृद्धि भएको छ ।
बजारमा सामान्य सुधार देखिएता पनि कारोबार रकम भने सुस्ताएको नै छ । आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता सेयर खरिदबिक्री भएको छ । यद्यपि, यो बुधवारको तुलनामा भने केही सुधार देखिएको छ ।